image
image
३५ करोडको अग्राधिकार सेयर जारी गर्दै  कामना सेवा विकास बैंक

३५ करोडको अग्राधिकार सेयर जारी गर्दै  कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंक लि. ले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । 

अग्राधिकार शेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बैंकको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक ९ प्रतिशत लाभांश दर भएको (असञ्चिति) अग्राधिकार शेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त शेयरहरु परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ ।

उक्त निष्काशन सम्बन्धि सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।