image
image

मेचीनगरमा उच्च सतर्कता

झापा। नाकाबाट हुने आवतजावतबाट कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनेर मेचीनगर नगरपालिकाले उच्च सतर्कता अपनाउँदै सरोकारवाला सङ्घसंस्थासँग मिलेर विभिन्न रोकथामका प्रयास थालेको छ । नगरका प्रमुख विमल आचार्यले यातायात व्यवसायी, मजदुर सङ्घसङ्गठन, वित्तीय संस्था र व्यवसायीसँग मङ्गलबार यस विषयमा छलफल गरे । छलफलमा सरोकारवाला संस्थाका प्रतिनिधिले नाकामा थप कडाइ गर्न, होल्डिङ सेन्टर व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको अनुगमन गर्न सुझाव दिएका थिए ।


काँकडभिट्टा मुलुकका विभिन्न भागसम्म यातायात सञ्चालन गर्दै आएको प्रस्थान विन्दु भएको हुँदा यहाँ हुने सानो कमजोरीले मुलुकभरि सङ्क्रमण फैलिने जोखिमलाई कसैले पनि नजरअन्दाज गर्न नहुने सहभागीहरुको धारणा थियो । सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु र कर्मचारी दुवै पक्षले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नगरप्रमुख आचार्यको आग्रह थियो । सामाजिक दूरी कायम नगर्ने र मापदण्ड पालना नगर्ने यात्रुलाई सेवा नदिनसमेत सुझाव दिइएको छ ।

भारतसँग सीमा जोडिएको प्रमुख नाका काँकडभिट्टामा थप कडाइ गरिए तापनि नाकाभन्दा उत्तर र दक्षिणतर्फका गौडाहरूबाट सुरक्षाकर्मीको आँखा छलेर निर्वाध आवतजावत चलिरहेको छ । खासगरी अवैध धन्धामा संलग्न साना व्यवसायी र भारतीय नागरिकको ओहोरदोहोर त्यस्ता गौडाहरुबाट हुने गरेको छ । नकलबन्दा, तिरिङ, ज्यामिरगढी, महेशपुर, केचना, गौरीगञ्जलगायतका गौडामा बढ्दो अवैध आवागमनलाई रोक्न आवश्यक देखिएको छ ।


गत वर्ष भारतसँगको सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अस्थायी चौकी निर्माण गरेर कडा सुरक्षा व्यवस्था मिलाइएको तर यसपालि सीमामा त्यस्तो बाक्लो सुरक्षाको प्रबन्ध छैन । सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीमा मात्र सुरक्षाकर्मी तैनाथ छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।