खनाल र नेपाल पक्षीय नेताको बैठक सुरू
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय नेताको बैठक सुरु भएको छ।
कलंकीस्थित एक पार्टी प्यालेसमा सुरू भएको बैठकमा खनाल–नेपाल पक्षीय स्थायी कमिटीका अधिकांश नेता सहभागी भएका छन्।
बिहिबारदेखि निषेधाज्ञा रहेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्य छलफलमा जुटेका हुन्।
एमाले भित्रको अन्तरसंघर्ष बढ्दै गएसँगै खनाल–नेपाल समुहले देशभर समानान्तर कमिटी गठन गरेका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफू इतर समूहका सांसदलाई स्पष्टिकरण सोधेका छन्।
ओलीले आफू निकट नेताहरू मात्रै राखेर स्थायी कमिटी समेत बनाएका छन्।