image
image
निजी जीवनबारे धेरै चर्चा नगरिदिन गायिका एलिना चौहानको आग्रह

निजी जीवनबारे धेरै चर्चा नगरिदिन गायिका एलिना चौहानको आग्रह


काठमाडौं । गायिका एलिना चौहानले आफ्नो निजी जीवनबारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिबार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन् ।

आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्ने आशामा सम्बन्धमा गासिएको उल्लेख गरेकी छिन् । बिबाह कसैले पनि सम्बन्धविच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको प्रष्ट पारिन् ।

अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । निकै भावुक अवस्थामा देखिएकी एलिनाले श्रीमान् विष्णु सापकोटालाई नराम्रो र गाली नगर्न आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।