अत्यावश्यक वस्तु आपूर्तिमा समस्या हुन नदिन र्यापिड रेस्पोन्स टिम
काठमाडौं १५ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहिबारबाट हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु आपूर्ति सहज बनाउन र्यापिड रेस्पोन्स टिम गठन गरेको छ। मन्त्रालयले अन्तरमन्त्रालय तथा मन्त्रालयकै कर्मचारीहरुलाई समेटेर र्यापिड रेस्पोन्स टोली गठन गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागेको जनाएको छ ।
मन्त्रालयले सहज आपूर्तिका लागि विभिन्न पाँचजना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ । आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा नारायणप्रसाद रेग्मी रहेका छन् ।
त्यसैगरी तोकिएका क्षेत्रका सेवाका लागि सम्बन्धित सम्पर्क व्यक्तिको मोबाइल नं तोकेर मन्त्रालयले सेवाग्राहीलाई आवश्यक पर्दा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।