image
image

शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी

काठमाडौं। शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले टोखामाथिको जंगलमा आगलागी भएको देखेपछि स्थानीयलाई खबर गरेका थिए । बुधबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्याहाँ पुगेको छ ।त्यसपछि आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

अहिले आगोलागी भएको स्थानमा नेपाली सेनाको दमकल पुगिसकेको छ । यसअघि २९ चैतमा पनि शिवपुरी–नागर्जुन जंगलमा आगलागी भएको थियो, नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।