image
image
बैंककमा आप्रवासन सम्बन्धि एशिया प्रशान्तस्तरीय सम्मेलन, नेपालबाट महासचिव राई सहभागी

बैंककमा आप्रवासन सम्बन्धि एशिया प्रशान्तस्तरीय सम्मेलन, नेपालबाट महासचिव राई सहभागी

काठमाडौं । थाइल्यान्डको बैंककमा ग्लोबल कमप्याक्ट माईग्रेसन सम्बन्धि एशिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु भएको छ । हिजो फेब्रुअरी ४ देखि ६ तारिखसम्म चल्ने सम्मेलनमा १५० प्रतिनिधिको सहभागिता छ । युएन ईस्कयापको आयोजनामा सुरु भएको सम्मेलनममा एशिया प्रशान्त क्षेत्रका सरकार, गैर सरकारी संस्था र ट्रेड युनियनका प्रतिनिधीहरुले विभिन्न मुद्दाहरुममााथि छलफल गरिरहेका छन् । 

एशिया प्रशान्त क्षेत्रबाट करिब २० जना श्रमिक नेताहरुको सहभागिता रहेको छ  । नेपालको युनियनका तर्फबाट नेपाल टे«ड युनियन कांगे्रसका महासचिव अजय कुमार राईले सहभागिता जनाएका छन् । उनले हिजो पहिलो दिन नै संयुक्त राष्ट्र संघको बैककस्थित सभा हलमा आप्रवासी श्रमिकबारे आफ्नो धारणा राखेका छन् ।

नेपाल सरकारका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डु घिमिरेले नेतृत्व गर्नु भएको सरकारी टोलीले सहभागिता जनाई रहेको छ । टे«ड युनियन कांगे्रसका महासचिव राईले केही साईड ईभेण्टहरुमा पनि नेपालका श्रमिकहरुका तर्फबाट सहभागिता जनाउने कार्र्यक्रम छ । उनी अन्तराष्ट्रिय टे«ड युनियन ईन्टरनेशनल टे«ड युनियन अफ कन्फेडेरेशनले छनौट गरेकाले सहभागी भएका हुन् ।

कन्फेडेरेशनका तर्फबाट सबै श्रमिकहरुको नेतृत्वदायि भुमिकामा कन्फेडेरेशनका एशिया प्रशान्त क्षेत्र , सिंगापुर कार्यालयका वरिष्ठ अधिकृत डा.फैयमुद्धिन पासाले गरिरहेका छन् । सम्मेलन छ तारिखमा घोषणा पत्र जारी गरेर सम्पन्न हुनेछ । आप्रवासी श्रमिकहरुका तर्फबाट दुई देश विचको समझदारी पत्रका लागि नेपाल सरकारलाई सहयोग साथै  गन्त्वय देशहरुमा नेपाली श्रमिकहरुका लागि सामाजिक सुरक्षाबारे नेपालस्थित आईएलओ कार्यालयले काम गरिरहेको आईएलओ, नेपाल कार्यालयका रोनी प्रधान धौभडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।