image
image
नेप्सेमा सामान्य गिरावट, फाइनान्समा उछाल

नेप्सेमा सामान्य गिरावट, फाइनान्समा उछाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। आज नेप्से ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ।  मङ्गलवार ८ अर्ब ९१ करोडको कारोबार भएकोमा बुधवार चार करोड बढी कारोबार भयो। बुधवार  ८ अर्ब ९५ करोडको कारोबार हुँदा १ सय १३ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय २२ कम्पनीको सेयर मूल्य  घट्यो। ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

बुधवार अकस्मात् फाइनान्स सेक्टर ५.६७ प्रतिशतले बढ्यो। हाइड्रोपावर सेक्टर ०.०४, निर्जीवन बीमा ०.१९ र अन्य सेक्टर ०.२८ प्रतिशतले बढ्यो।

बैङ्किङ ०.२६, विकास बैंक ०.९१, होटेल तथा पर्यटन ०.४८, लगानी ०.२४, जीवन बीमा ०.३१, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.२६ तथा व्यापार १.४२ प्रतिशत घटेका छन्।

उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो। पोखरा फाइनान्सको ९.८१, समृद्धि फाइनान्सको ९.४६, भूगोल इनर्जीको ९, गुह्येश्वरी मर्चेन्ट फाइनान्सको ८ प्रतिशत मूल्य बढ्यो। सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य १० प्रतिशत घट्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।