image
image
भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार गिरावट

काठमाडौं । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार घटेको छ । गत आर्थिक वर्ष २०८०–०८१ को पहिलो छ महिनाको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो ।

चालु आव २०८१–०८२ को गत साउनदेखि पुस मसान्तसम्ममा मकवानपुरबाट पाँच करोड ५९ लाख सात हजार ९९३ रुपियाँ बराबरको निर्यात भएको छ । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ)का अनुसार गत आव २०८०–०८१ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले २२ करोड ७० लाख ८० हजार ३१० रुपियाँ बराबरको निर्यात गरेका थिए ।

व्यापारिक प्रतिष्ठान र उद्योग गरी गत आवको पहिलो छ महिनामा पाँच वटा र चालु आवको पहिलो छ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकमा निकासी गरेको सङ्घले जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीले पछिल्लो समयमा आर्थिक मन्दीसँगै लगानीमैत्री वातावरण नभएका कारण अपेक्षा अनुसार निर्यात नभएको बताए । 

मकवानपुरबाट चालु आवमा प्याक्ट ग्रुप क्लोजर, रिद्धिसिद्धि सिमेण्ट उद्योग, इभान्स लाइफ साइन्सेस प्रा।लि।र सिक्स भिल्ला प्रा.लि.ले निर्यात गरेको छ । यी उद्योग र व्यापारिक प्रतिष्ठानले प्लाष्टिकका बिर्को, सिमेण्ट, लोठसल्लाको पाउडर, पास्ता, कुरकुरेलगायतका खाद्यान्न निर्यात गरेको सङ्घले जनाएको छ । 

सङ्घका अनुसार प्याक्ट ग्रुप क्लोजर मर्मतको क्रममा रहेकोले पनि चालु आवको पहिलो छ महिनाको निर्यातमा ह्रास आएको हो । लोठसल्लाको पाउडर निर्यात गर्दै आएको इभान्स लाइफ साइन्सेस प्रा.लि. ले निर्यात व्यापारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सङ्घले यसअघि सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।