image
image
नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो

नेपालमा ‘इन्टरनेट एडिक्सन’को जोखिम, मानसिक समस्या बढ्दो


काठमाडौं ।  इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक, लगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपदकै रुपमा यो समस्या बढ्न सक्ने विज्ञहरुले बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरे । 

कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘सामाजिक सञ्जाललाई जिम्मेवार र सुरक्षित तरिकाले प्रयोग गर्नुबाहेक हामीसँग विकल्प छैन । यसमा हाम्रो ध्यान जान जरुरी छ ।’ सामाजिक सञ्जालको प्रयोगले मानसिक सामाजिक लगायत मानिसहरुको बहुआयामिक क्षेत्रमा असर गरिरहेको श्रेष्ठले बताए ।

त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सञ्जाल पाणघातक रोगका रुपमा फैलिरहेको बताए । ‘हाल मृतकको संख्या हेर्दा १० प्रतिशत मानसिक समस्याका कारण भइरहेको भन्ने तथ्याङ्क छ’ उनले भने, ‘मानसिक रोगको कारक सामाजिक सञ्जाललाई मानिएको छ । दिनमा दुई घण्टाभन्दा धेरै मोबाइल चलाउँदा मानसिक, शारीरिक सामाजिक हिसाबले हानिकारक छ भन्ने कुरा जान्दाजान्दै पनि यसको लतमा फसिरहेका छौं, त्यसैले कानुन सँगसँगै हामी आफैं पनि सुध्रिन जरुरी छ ।’

त्यस्तै पूर्वमुख्यसचिव शंकर बैरागीले अहिलेको युगमा सामाजिक सञ्जालको प्रयोग अत्यावश्यक भएता पनि बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्न जरुरी रहेको बताए । यसको प्रयोगका लागि कानुन बन्नुपर्नेमासमस्या आएपछि मात्रै कानुन बनाउने परम्पराका कारण दुरुपयोग भइरहेको उनको भनाइ छ । 

कार्यक्रममा प्रस्तुतीकरण दिएका मनोरोग विशेषज्ञ डा.प्रदीप पाण्डेले हेर्दा सामान्य लागे पनि मोबाइल र इन्टरनेटको लत बच्चादेखि वृद्धसम्म सबैमा रहेको बताए । पाण्डेका अनुसार १० देखि ५० प्रतिशत मानिसहरुमा मोबाइलको लत छ । डिप्रेसन, एन्जाइटी जस्ता मानसिक समस्याको प्रमुख कारण मोबाइल तथा इन्टरनेटको अधिक प्रयोग नै रहेको उनको भनाइ छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।