image
image
९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्ट

९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्ट

काठमाडौं । बारा प्रहरीले ९ बिगाह खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटीएका प्रहरी टोलीले गाँजा खेती फँडानी तथा नष्ट गरेको हो ।

 ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएकोे प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालीका वडा नं.२२ को चकरी गाँउ र नयाँ बस्ती टोल क्षेत्रमा लगाएको ५ बिगाह गाँजा  फँडानी गरेको प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार करिब १ लाख गाँजाका बोटहरू नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यलाय निजगढको प्रहरी टोलिले निजगढ नगरपालिका, वडा नं.१२ र वडा नं. १३ ४ बिगाह  खेतीमा लगाएको गाँजा फँडानी गरेको उनले जानकारी दिए । सो क्षेत्रमा करिब ८० हजार गाँजाका बोटहरू नष्ट गरिएको प्रहरी नायव उपरिक्षक सापकोटाले बताए ।

  जिल्ला प्रहरी कार्यलयबाट खटिएको मातहतको टोलिले माघ २४ गते बिहान साढे ९ बजेदेखि साँझ करिब ७ बजेसम्म अबैध गाँजा खेती फँडानी तथा नष्ट गरेको हो  । अवैध गाँजा एक लाख ८० हजार बोटहरू फडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।