image
image
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको छ : अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको छ : अर्थमन्त्री पौडेल


काठमाडौं ।  मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। अर्थमन्त्री पौडेलले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवर्द्धन गरिरहेको बताए । नेपाल व्यवस्थापन संघको ४४औं वार्षिक साधारण सभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सबलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा पूर्वाधार फाइनान्सिङमा आन्तरिक स्रोत परिचालन विषयमा सङ्घद्वारा तयार पारिएको अध्ययनमा अध्येता कृष्णप्रसाद आचार्यले प्रस्तुतीकरण गरेका थिए भने लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं ‘इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)’ का कार्यकारी निर्देशक विश्वास गौचनले टिप्पणी गरेका थिए।

राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल, कर्मचारी सञ्चय कोषका प्रशासक जीतेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी पूर्व डीन प्राध्यापक डा कुसुम शाक्य तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले स्रोत परिचालनका विभिन्न आयामका बारेमा आफ्नो धारणा राखेका थिए । उनीहरूले परियोजना कार्यान्वयनको क्षमता विकास तथा परियोजना पूर्व तयारी गरी विश्वसनीय र ब्यांकेबल परियोजना तयारीमा जोड दिए ।

दीर्घकालीन कोष परिचालन गर्ने नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, पेन्सन फण्ड र जीवन बीमा फण्डमा १५ खर्ब बढी रकम रहेकामा ठूलो हिस्सा पूर्वाधार सार्वजनिक र निजी आर्थिक रूपमा सम्भाव्य कुनै पनि परियोजनामा लगानी गर्न सकिने सम्भावना छ ।

त्यसमध्ये आठ खर्ब अवकाश कोष (रिटायरमेन्ट फण्ड) मा रहेको र यो कोष हरेक वर्ष विस्तार हुने क्रममा रहेकाले सरकारले लगानीका औजार विस्तार गरेर उक्त कोष पूर्वाधार विकासमा प्रयोग गर्ने साथै उल्लिखित संस्थाहरूलाई नै स्वपुँजी लगानी र फाइनान्सिङका लागि विश्वसनीय परियोजना सरकारले दिनुपर्ने विषयमा सो कार्यक्रममा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।