बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९७५ रुपैयाँमा खरिदबिक्री भैरहेको हो ।









