image
image

विवाह तथा ब्रतबन्धमा १५ भन्दा बढी सहभागी हुन नपाउने

ललितपुर - यहाँ हुने विवाह तथा ब्रतबन्धजस्ता कार्यमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउनेभएका छन् । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी सो कार्यमा दुलाहादुलहीसहित केवल १५ जनालाई मात्र सहभागी हुन अनुरोध गरेको छ । 

    
सहायक प्रजिअ ललितकुमार बस्नेतले जारी गर्नुभएको सूचनामा जिल्लाभित्र सो कार्य गर्दा विवाहको ब्यानरसहितका दुई गाडी सवारी साधन प्रयोग गर्न पाइने र अन्तरजिल्लामा सो कार्यका लागि आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रशासन कार्यालयबाट जारी अनुमति पास लिन लिनुपर्ने भएको छ । 

    
जिल्लाभित्र बिरामी कुरुवाका रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिको हकमा अस्पतालले प्रदान गरेको कुरुवा पासका आधारमा आवतजावत गर्न दिइने तर अन्तरजिल्लाबाट मृत्यु संस्कार तथा बिरामी कुरुवाका हकमा ललितपुर छिर्नुपर्ने भएमा व्यहोरा खुल्ने कागजातसहित प्रशासनमा निवेदन पेश गर्नसमेत अनुरोध गरिएको छ । 

    
उक्त पत्रमा अत्यावश्यक खाद्यान्न सामग्री लिनका लागि बिहान सबेरैदेखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म दुई पटक डिपार्टमेन्ट स्टोर खुल्ने जनाइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।