image
image
शेयर बजारमा गिरावट, कति भयो कारोबार ?

शेयर बजारमा गिरावट, कति भयो कारोबार ?

काठमाडौं । सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। सोमबार शेयरबजार मापक परिसूचक नेप्से १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । अघिल्लो सातादेखि घटिरहेको बजार पाँचौ दिन पनि घट्यो ।

सोमबार बजारसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।  सोमबार ७७ कम्पनीको शेयरमूल्य बढ्दा १६१ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । यस दिन ६ कम्पनीको मूल्य यथावत रह्यो ।

सोमबार १३ उपसमूहमध्ये अन्य र व्यापार उपसमूहको सूचक मात्र हरियो रह्यो भने अन्य सबै उपसमूहको सूचक रातो बन्यो । न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ भने  बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।