सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।









