निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकामा सवारी साधान धमाधम कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेक सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश लागू गरिएको छ ।
आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन । तर उपत्यकामा निषेधाज्ञाको पहिलो दिन बिहानैदेखि नेषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनहरू कारबाहीमा परेका छन् ।
उपत्याकाका मुख्य सडक र चोकमा ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ । विभिन्न स्थानबाट मोटरसाइकल तथा गाडीहरू पासबिना नियम उल्लंघन गरी हिडेको भन्दै होल्डिङ सेन्टरमा राखेर कारबाही गरिएको हो ।
विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ ।
विवाह व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात ९निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ ।