image
image
३४ वर्ष पछि सलमान–अमिरका फिल्म फेरी हलमा रिलिज हुँदै

३४ वर्ष पछि सलमान–अमिरका फिल्म फेरी हलमा रिलिज हुँदै

काठमाडौं ।  फिल्म निर्माता निर्देशक राजकुमार सन्तोषीको कमेडी फिल्म ‘अंदाज अपना अपना’ यसै वर्षको अप्रिलमा पुनः हलमा रिलिजको लागि तयार भएको छ । 

फिल्ममा सलमान खान र आमिर खान महत्वपूर्ण भूमिकामा रहेका छन् । रोमान्स र कमेडीले भरिपूर्ण यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको थिएन । तर, सन् १९९४ मा आएको यो चलचित्रलाई आज पनि दर्शकले भुल्न भने सकेका छैनन् ।
 
त्यतिबेला यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न नसके पनि टिभीमा आएपछि भने फिल्मले ठूलो सफलता हासिल गरेको थियो । यो फिल्म निकै रुचाइएको थियो । आमिर–सलमानको केमेस्ट्रीको पनि निकै तारिफ भएको थियो । निर्देशक राजकुमार सन्तोषीले भने, ‘अंदाज अपना अपना’ मेरो मुटुको धेरै नजिक छ र यो फिल्म यसै वर्ष अप्रिलमा रिलिज हुने कुरा सुनेर म निकै उत्साहित छु ।’ सो फिल्ममा सलमान र अमिरका साथै रविना टण्डन, करिश्मा कपूर, परेश रावल र शक्ति कपूरको पनि अभिनय रहेको छ । यो फिल्म पहिलो पटक नोभेम्बर ४, १९९४ मा रिलीज भएको थियो। अहिले फेरी सिने पोलिसले फिल्मलाई भारतभर पुनः रिलिज गर्ने भएको छ ।

चलचित्र निर्माण गर्ने नम्रता, प्रीति, आमोद सिन्हा र विनय कुमार सिन्हाका छोराछोरी यो चलचित्रलाई ठूलो पर्दामा भारतीय दर्शकसामु ल्याउन तयार रहेको फिल्म निर्माताले बताए । उनले भने, ‘हामी फिल्मलाई ठूलो परिमाणमा रिलिज गर्न चाहन्छौं । हामीले ४ के र डल्बी ५।१ साउन्डमा सम्पूर्ण फिल्मलाई पुनर्स्थापना र पुनः मास्टर गरेका छौं। यो हाम्रो बुबा प्रति हाम्रो श्रद्धाञ्जली हो, जसले यो फिल्म बनाउनका लागि सबै अवरोधहरू पार गर्दै हामीलाई एक अद्भुत फिल्म दिनुभएको थियो।’

खासमा ‘अंदाज अपना अपना’ एक एक्सन कमेडी हो। यो फिल्म बक्स अफिसमा सेमी हिट भए पनि वर्षौंको दौडान यो फिल्म कल्ट फिल्मको रूपमा उभिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।