image
image
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्दै


काठमाडौं ।  अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश सम्मिलित च्याम्पियनसिप दशरथ रंगशालामा सुरू हुन लागेको हो । सोमबार दुई खेल हुँदैछन् । दिउँसो २ बजे हुने उद्घाटन खेलमा म्यानमार र लेवनानबीच हुनेछ ।

साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ । फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ । नेपाल १०३ औं स्थानमा रहँदा किर्गिस्तान १२८ औं स्थानमा छ । कीर्गिस्तानसँग नेपाल एकपटक मात्रै खेलेको छ ।

प्रतियोगिताकै लागि नेपाली टोली गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ डिफेन्डर अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई, मिडफिल्डर अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ  र फरवार्ड सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल छन् ।

प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन् । नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।