image
image
बढ्यो शेयर बजार, कारोबार १० अर्ब बढी

बढ्यो शेयर बजार, कारोबार १० अर्ब बढी

काठमाडौं ।  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब १२ अंकले बढेको छ। नेप्से ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ । नेप्से ०.४३ प्रतिशतले बढ्दा १० अर्ब बढीको कारोबार भएको छ। १० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर कारोबार भएको छ । 

८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा ९९ हजार ५८५ पटक शेयर किनबेच भएको छ। 

यस्तै ४ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्य भने नकारात्मक सर्किट लागेको छ । आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ। 

बसैभन्दा बढी अन्य समूह ३.६७ प्रतिशतले बढेको भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.२२ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह १.७४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।