निरन्तर आकाशिदै सुनको भाउ, कति पुग्यो तोलाको ?
काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको हो ।
बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।









