इम्बार्क एजुकेशनको हकप्रद सेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन पाइने ?
काठमाडौं । इम्बार्क एजुकेशन नेटवर्क लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले जगेडा पुँजीबाट १०० रुपियाँ अंकित दरका थप १२ लाख ४ हजार कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।
हकप्रद शेयर खरिद गर्न इच्छुक शेयरधनीले १५ दिनभित्र आफूले खरिद गर्ने हकप्रद शेयरबापतको रकम एभरेष्ट बैंकमा रहेको कम्पनीको खातामा जम्मा गरी भौचर कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउनुपर्नेछ । साथै शेयरधनीले तोकिएको समयभित्र हकप्रद खरिद नगरेमा तत्पश्चात् कुनै दाबी वा उजुरी नलाग्ने पनि कम्पनीले जनाएको छ ।









