image
image

कतार जाने नेपाली यात्रीहरुको लागि कतारस्थित नेपाली दुताबासको जरुरी सूचना 

काठमाडौँ । नेपालबाट कतार जाने नेपाली यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि अनिवार्य करेन्टाइन लागू हुने भएको छ । कतारस्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै कोरोना महामारीको बेला कतार सरकारले लागू गरेको मापदण्ड पालना गर्न नेपालीहरुमा अनुरोध गरेको छ ।

भारतमा हालै देखा परेको भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी कतारमा बसोबास गरिरहेका कतारी तथा सबै जनाको स्वास्थ्यलाई सुरक्षित राख्न कतार सरकारको जन स्वास्थ्य मन्त्रालयले २६ अप्रिल २०२१ मा एउटा विज्ञप्ती जारी गरी भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट कतार आउने यात्रीहरूका लागि २९ अप्रिल २०२१ देखि लागू हुने गरी अनिवार्य क्वारेन्टाइन सम्बन्धी निर्देशनहरु जारी गरेको छ । ती देशहरूबाट आउने सबै जनाले १० दिन होटल क्वारेन्टाइन वा १४ दिन मेकाइनिस  क्वारेन्टाइनमा बस्नु पर्नेछ। साथै ती मुलुकबाट कतार प्रवेश गर्ने सबै यात्रुहरूले अनिवार्य रुपमा तोकिएको स्वास्थ्य केन्द्रबाट कोभिड-१९ पिसिआर परीक्षण गरी ४८ घण्टा अघिको नेगेटिभ रिपोर्ट साथमा लिएर यात्रा गर्नु पर्नेछ ।

कतारलाई ट्रान्जिट बनाई अन्य देशमा यात्रा गर्ने सबै यात्रुहरूले पनि कोभिड पिसिआर परीक्षण  अनिवार्य गरेको हुनुपर्दछ । आफ्नो गन्तव्य मुलुकको लागि अर्को कोभिड(१९ पिसिआर परीक्षणको आवश्यक परेमा ती यात्रीहरुको लागि कतारी रियाल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ पिसिआर परीक्षण गर्न सकिने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।