उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारीसाधनलाई कारवाही
काठमाडौँ १६ वैशाख । काठमाडौं उपत्यकामा विहिबार देखि शुरु भएको निषेधाज्ञाको अवज्ञ गर्ने १५ सय जना ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।
बिहानदेखि दिउँसो १२ बजेसम्म निषेधाज्ञामा चलाउन नमिल्नेले १५ सय सवारीसाधन होल्ड गरिएको बताए । त्यस्तै १ हजार २०० मोटरसाइकल, ३०० चारपांग्रे सवारीसाधन र केही बसहरू नियन्त्रणमा लिएर रोकेर (होल्ड) राखेको महाशाखाले जनाएको छ ।