पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना
काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो र इन्डोक्राइन ट्युमरको शल्यक्रिया हुने भएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा डा। सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुने बताइएको छ । त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुनुहुनेछ । शल्यक्रिया भने भोलि वैशाख १७ गते हुने भएको छ ।यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण भएको थियो ।
शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो । चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लाग्नुभएको हो ।