image
image
केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै

केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ । आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा ९ टिमले भाग लिइरहेका छन् ।

यस प्रतियोगितामा विभागीय टिम एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिससहित उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी, भुटानको एससी ट्रान्सपोर्ट युनाइटेड मछिन्द्र क्लब, एनआरटी क्लब, संकटा क्लब र केपी ओली एफसी खेल्दै छन् ।

प्रतियोगिताका सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने छ भने त्यसअघिका खेल एन्फा कम्प्लेक्समा हुने छन् ।आज प्रतियोगिताको पहिलो दिन एएफपी र उज्बेकिस्तानको ब्ल्याक बुल्स खेल्दै छन् । एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।

युवा संघले प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार १११ नगद पुरस्कार दिने घोषणा गरेको छ भने उपविजेताले ५ लाख पाउने छ ।त्यसैगरी प्रतियोगिताको भ्यालुवेबल खेलाडीले एक लाख नगद पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।