आज सुनचाँदीको मुल्य कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला १ हजार ७० हजारमा कारोबार भएको थियो । यसैगरी सुनको मूल्य भने आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।









