बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ७० हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो । यसैगरी सुनको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।









