image
image

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो

 

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । मंगलबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०२ पैसा कायम गरिएको छ । सोमबार पनि एक ओमरिकी डललको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसामा तोकिएको थियो । 

मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५५ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०३ पैसाले घटेको हो । यसअघि सोमबार एक युरो खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसामा कारोबार भएको थियो ।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ९८ पैसा र बिक्रीदर १७५ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १३ र बिक्रीदर ८८ रूपैयाँ ५१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा तथा बिक्री दर १९ रूपैयाँ १७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १४ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५२ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ६७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ६२ पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।