image
image
सुनको मूल्यले नयाँ रेकर्ड राख्यो, तोलामा पाँच सयले बढ्यो

सुनको मूल्यले नयाँ रेकर्ड राख्यो, तोलामा पाँच सयले बढ्यो


काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुन प्र्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ७१ हजार तीन सय रु्रपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आजको सुनको भाउ इतिहासकै उच्च विन्दु हो । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रुपैयाँ कामय भएको महासंघले जनाएको छ । हिजो चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।