image
image

निषेधाज्ञामा पनि हवाइ उडान निरन्तर

काठमाडौं । उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएपनि हवाइ यातायात भने निरन्तर रहेको छ। सरकारले हवाइ यातायातलाई जारी राख्‍ने भन्दै गरेको निर्णयअनुसार उडानहरु भइरहेका छन्। 

आज पनि काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या उल्लेख्य रहेको एयरलाइन्स कम्पनीहरुले बताएका छन्। यद्यपी वैशाख १४ र १५ गतेको जस्तो भने आज छैन। 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलकाअनुसार आज ५४ उडान तथा अतवरणको तालिका रहेको छ। यसमा काठमाडौं बाहिर जाने उडानमा ९० प्रतिशत सिट बुकिङ भएका छन्। बाहिरबाट आउने भने धेरै संख्या छैन। 

वैशाख १५ गते भने काठमाडौं विमानस्थलबाट जाने र आउने यात्रु संख्या १५ हजार भन्दा धेरै थियो। यो यात्रु संख्या एक दिनको हालसम्मै उच्च भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।