मुख्यमन्त्रीको निर्देशनपछि आकाशे पुलको शिलान्यास रोकियो
काठमाडौँ। कोरोना महामारीकाबीच आकाशेपुल शिलान्यासको तयारी गरेका मन्त्री र मेयर मुख्यमन्त्रीको निर्देशनपछि रोकिएको छ ।
बुधबार बेलुका आकाशेपुल शिलान्यास गर्ने तयारीमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश(१ भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि पछि हटेका हुन् ।
बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलान्यास गर्न भन्दै शहरी विकास तथा भवन कार्यालयलका प्रमुख मिलन आचार्यले निमन्त्रणा पठाएका थिए ।
अन्तिम समयमा मुख्यमन्त्रीले रोक्न निर्देशन दिएपछि शिलान्यास रोकिएको हो । ‘यस्तो बेला शिलान्यासको कार्यक्रम राख्न हुदैन भन्दै मुख्यमन्त्रीले रोक्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने ।
विराटनगर महानगरपालिकाले नगरक्षेत्रभित्र कुल तीनवटा आकाशे पुल निर्माण गरिरहेको छ भने सहरी विकास तथा भवन कार्यालयले छुट्टै एउटा पुल निर्माण गर्ने तयारी गरेको छ ।