image
image

वैशाखभित्रै अप्पर तामाकोशीको विद्ययुत उत्पादान हुने

काठमाडौँ । अप्पर तामाकोशी जलविद्युत आयोजनाको सुरुङमा बिहिबार पानी खसालिएको छ । कुल ४५६ मेगावाटको जलविद्युत उत्पादनको उक्त प्रोजेक्टको सुरुङ मार्गमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधि मन्त्री पार्वत गुरूङले स्वीचमार्फत् पानी खसालेका हुन् ।

जलविद्युतको सुरुङ टनेलमा पानी पठाउँदै मन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् ‘४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरियो । नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण हो । सो अवसरमा मन्त्री गुरुङले उक्त आयोजनको व्यवसायिक उत्पादन बैशाख भित्र थालनी हुने र त्यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताएका छन् । 

उनले भनेका छन्, ‘केही दिन भित्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन गर्नु हुनेछ । सम्माननीय प्रधानमन्त्रीज्यूको मार्ग निर्देशन माननीय उर्जामन्त्री टोपबहादुर रायमाझीज्यूको कुशल नेतृत्व तथा आयोजना निर्माणमा संलग्न सबैको अथक मेहनतप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।