image
image

कोरोनाको दोस्रो लहरले सर्वाधिक रुप लिएको भारतमा कलाकारले बढाए सहयोगी हात

काठमाडौँ । भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै प्रत्येक दिन लाखौ संक्रमित र मृत्युदर बढिरहेको छ। बिरामीहरूलाई बेड, अक्सिजन र औषधिको अभाव हुन थालेको छ। यस्तो अवस्थामा कलाकारहरुले सहयोगी हात अगाडि बढाएका छन्।

बलिउड कलाकारले कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न सहयोगी हात अगाडि बढाएका हुन्। अभिनेता अजय देवगनले कोरोना संकमित विरामीको सहयोगका लागि मुम्बईको शिवाजी पार्कमा २० बेडको आईसीयूको व्यवस्था गर्ने घोषणा गरेका छन्। २० बेडको आइसीयुको अस्पताल बनाउन १ करोड सहयोग गरिसकेका छन्। कोरोना संक्रमितको उपचार हुन सकोस् भन्दै उनले सहयोग गर्न लागेको समेत बताइएको छ।

त्यसैगरी लण्डनमा बसिरहेकी अभिनेत्री प्रियंका चोपडाले पनि भारतीय जनतालाई सहयोग गर्ने कोसिस गरिरहेकी छन्। हालै, उनले एक भिडियो पोस्ट गर्दैँ विश्वभरीका मानिसलाई भारतलाई सहयोग गर्न आग्रह गरेकी छन्।

इंस्ट्राग्राममा सार्वजनिक भिडियोमा प्रियंकाले ‘गिभ इन्डिया’को सहकार्यमा फाउन्डेसन शुरुवात गरेको जानकारी दिएकी छन्। गिभ इन्डिया एक ठूलो संस्था हो। जसले भारतका कोरोना संक्रमित लागि राहत दिने काम गर्दछ। साथै उनले भारत आफ्नो घर भएको र यस समय निकै घाइते भएको भन्दै भारतप्रतिको माया प्रकट गरेकी छन्।

अक्षय कुमार र ट्वींकल खन्नाले पनि कोरोना संक्रमितलाई अक्सिजन कंसन्ट्रेटर सहयोग गर्ने बताएका छन्। ट्विंकल खन्नाले ट्वीटरमार्फत २२० अक्सिजन कंसन्ट्रेटर सहयोग गर्ने जानकारी दिएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।