१७ देशमा भेटियो कोरोना भाईरसको 'इन्डियन भेरियन्ट
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार कोरोना भाइरसको 'इन्डियन भेरियन्ट' विश्वका १७ देशमा पुगेको छ।विश्वभर थपिएका संक्रमितमध्ये ४२ प्रतिशत केवल भारतका मात्रै रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै अहिले इन्डियन स्ट्रेन अथवा बी.१.६१७ भेरियन्ट (डबल म्युटेसन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमण बढेको बढ्यै छ। कोरोनाले त्यहाँको स्वास्थ्य प्रणालीले नै अस्तव्यस्त बनाइदिएको छ।भारतमा भैरहेको लगातारको डर लाग्दो संक्रमणलाई डब्ल्यूएचओले 'भेरियन्ट अफ इन्टरेस्ट' घोषणा गरेको छ। डब्लुएचओले पछिल्लो पटक भारतीय बहुल फिजीमा पनि कोरोनाको 'इन्डियन भेरियन्ट' भेटिएको बताएको छ ।