image
image

कोरोनाको हटस्पट बन्दै काठमाडौँ, एकै दिन भेटिए  १५६१ संक्रमति  

काठमाडौं । पछिल्लो  २४ घण्टामा नेपालमा ४९२८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्य  काठमाडौँ उपत्यकामा मात्रै  १५६१ संक्रमति थपिएका छन् । काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । 

त्यस्तै काठमाडौँ उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् ।जसमध्ये १७१४ जना महिला र ३११७ पुरुष रहेका छन् ।
           
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० रहेको छ । संक्रमित मध्ये दुई लाख ८० हजार १६७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ ।     

साथै  पछिल्लो  २४ घण्टामा कोरोना भाईरसबाट थप ३५ जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ  । ​यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।