image
image

बेनी अस्पतालले शुरु गर्यो ‘हेलो डक्टर’ सेवा

म्याग्दी १६ वैशाख: बेनी अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्णय र निर्देशनअनुसार बुधबारदेखि बहिरंग सेवा बन्द भएपछि ‘हेलो डक्टर’ सेवा शुरु गरेको छ । तीव्ररूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रण गर्न र थप बढ्न नदिनका लागि अस्पतालले सिकिस्तबाहेकका बिरामीलाई अस्पताल नआउन अनुरोध गर्दै मोबाइलबाटै चिकित्सकले परामर्श दिने सेवा शुरु गरेको हो ।

अस्पतालका नौ चिकित्सक, आकस्मिक, भर्ना कक्ष र व्यवस्थापन समितिका अध्यक्षको मोबाइलमा सम्पर्क गरेर बिरामी अथवा आफन्तले फोन गरेर चिकित्सकबाट परामर्श लिन पाउने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । अस्पतालले नियमित औषधि सेवा गर्ने बीमा गरेका सेवाग्राहीका लागि समेत अस्पतालको सेवा लिनका लागि समय तालिका बनाएर सार्वजनिक गरेको छ ।

बेनपाका वडा नं ७ र १ का बासिन्दाका लागि आइतबार, बेनपा–२, मालिका र मङ्गला गाउँपालिकालाई सोमबार, जलजला गाउँपालिका, बेनपा–४ र १० लाई मङ्गलबार, बेनपा–८ र ९ लाई बुधबार, बेनपा–४, ६ र धवलागिरि गाउँपालिकालाई बिहीबार तथा रगुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनपा–५ लाई शुक्रबारको समय तालिका बनाइएको छ ।


अस्पतालमा भीडभाडका कारण कोरोना सङ्क्रमण फैलने जोखिम बढेकाले आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द गरेको छ । केही दिनयता म्याग्दीमा लक्षणसहितका कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ । बुधबार म्याग्दीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।