image
image

अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ?

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ २५ पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६९ पैसा कायम गरिएको छ । बिहिबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ९३ रहेको थियो । बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १५० रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ७२ पैसाले बढेको हो । यसअघि बिहिबार एक युरो खरिदमूल्य १४८ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।   

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ८३ पैसा र बिक्रीमा ९७ रूपैयाँ २५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४० पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा तथा बिक्री दर १९ रूपैयाँ २८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६० पैसा तथा बिक्री दर ९ रुपैयाँ ६४ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ १६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०८ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७० रूपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।