image
image
साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ । 

सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ । जसकारण सेयर कारोबार हुँदैन । अब सेयरखरिदकर्ताहरुले कम्पनीको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।