काठमाडौं उपत्यकामा ६६ सवारी साधन ट्राफिकको नियन्त्रणमा
काठमाडौं । ट्राफिकले काठमाडौं उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ । मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३र४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।
होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
बेलुकासम्म होल्डमा रहेका सवारी साधनलाई कसुरअनुसार जरिवाना तिराइने उनले बताए । “बेलुकासम्म होल्डमा राखिएका सवारी चालकलाई कसुर अनुसारको जरिवाना तिराउछौँ । कारबाहीमा परेका चालकले सचेतना कक्षामा पनि सहभागी हुनुपर्नेछ,” राउतले भने ।
यसैबीच, काठमाडौं उपत्यकामा २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकामा होलीमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।









