image
image
नेपाल एसबिआई बैंक र द रुबस होटेलबीच विषेश छुट सम्झौता

नेपाल एसबिआई बैंक र द रुबस होटेलबीच विषेश छुट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि र द रुबस होटेल प्रालि, धनगढी, कैलालीबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० ५ सम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी र द रुबस होटेल प्रालिका प्रबन्ध निर्देशक, प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंक लि.ले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।