image
image
वाणिज्य बैंकहरूद्वारा चैतका लागि ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वाणिज्य बैंकहरूद्वारा चैतका लागि ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक विवरणअनुसार अधिकांश बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १७ वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंक रहेका छन् ।

चैतमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ५.९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६.०१ थियो । चैतमा एनआइसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने भएको छ । यस बैंकको ब्याजदर चैत्रका लागि ६.६ प्रतिशत कायम गरिएको छ । अन्य करिब एक दर्जन बैंकमा ६ प्रतिशत माथि ब्याज पाइने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।