image
image
एआई सुविधासहितको असुस जेनबुक १४ मा ल्यापटप नेपालमा

एआई सुविधासहितको असुस जेनबुक १४ मा ल्यापटप नेपालमा


काठमाडौं । नेपालमा असुसले एआई-सक्षम कोपाइलट प्लस पीसीको विस्तारित श्रृंखला सार्वजनिक गरेको छ । नयाँ श्रृंखलामा एएमडी राइजेन एआई ३०० सिरिज र इन्टेल कोर अल्ट्रा (सिरिज २) प्रोसेसर प्रयोग भएको छ, जसले एआई क्षमतासहितका कम्प्युटरहरूलाई अझ सुलभ र प्रभावकारी बनाएको छ।

असुसका भिभोबुक र जेनबुकमा आधारित कोपाइलट प्लस पीसीले व्यक्तिगत तथा व्यवसायिक कार्यक्षमता सुधार गर्नका लागि एआईको प्रयोग गरी कार्यहरूलाई सजिलो, उत्पादनशील र सुरक्षित बनाउने छ ।

कम्पनीका अनुसार नयाँ लाइनअपले प्रयोगकर्ताहरूलाई एआई उपकरणहरूको अधिकतम प्रयोग गर्दै कार्यसम्पादनमा उल्लेखनीय वृद्धि गर्न र सिर्जनशीलता बढाउन मद्दत गर्नेछ ।

माइक्रोसफ्टका उपाध्यक्ष मार्क लिन्टनका अनुसार कोपाइलट प्लस पीसीले विन्डोज ११ मा उन्नत एआई अनुभव प्रदान गर्नेछ ।

अब असुस जेनबुक १४ मा (UM3406KA) एआई सुविधाको उपयोग गर्न सकिने छ । यो स्लिम र हल्का डिजाइनसहितको ल्यापटपमा एएमडी रेडन ग्राफिक्स र १४-इन्चको थ्रीके १२० हर्ज ओलेड नानो एज डिस्प्ले पनि उपलब्ध छ ।

इन्टेल कोर अल्ट्रा प्रोसेसरसहितको उत्कृष्टता प्रोसेसरद्वारा संचालित जनेबुक र भिभोबुकलाई नयाँ एआई क्षमताले विशेष गरी गेमिंग, सिर्जनशीलता, र उत्पादकता क्षेत्रमा यो प्रोसेसरले उच्च कार्यक्षमता दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।