फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । लघुवित्तले ३ लाख ६३ कित्ता सेयर आज चैत ३ गतेबाट बिक्रीमा राखेको हो।
यो सेयरमा संस्थाकका संस्थापक सेयरधनीका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्र सुनसरीको दुहबीस्थित संस्थाको केन्द्रीय कार्यालय वा धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा पेस गर्न सकिनेछ।









