image
image
आज १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

आज १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ४ गते आज सोमबारका दिन १८ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल २०८२ असार ३ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । उक्त ट्रेजरी बिल २०८२ भदै ३१ परिपक्व हुनेछ । साथै, १ वर्ष अवधिको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८२ चैत ३ गते परिपक्व हुनेछ । बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । 

बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । यसअघि फागुन २६ मा बोलकबोल भएको २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको २.९६ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.०३ प्रतिशत कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।