image
image
पुष्पाः निर्देशक सुकुमारसँग फिल्म बनाउँदै शाहरूख खान

पुष्पाः निर्देशक सुकुमारसँग फिल्म बनाउँदै शाहरूख खान

काठमाडौं । भारतीय सिनेमा अहिले साँच्चै पैन इन्डिया बन्दै गएको छ। हिजोआज बलिउड र साउथका कलाकार–निर्देशकहरु सँगै काम गर्न निकै जोड दिइरहेका छन् । जस्तो कि शाहरुख खानले एट्लीसँग ब्लकबस्टर ‘जवान’ बनाएका थिए भने सलमान खान एआर मुरुगादासको निर्देशनमा इदको अवसरमा ‘सिकंदर’ ल्याउँदै छन् । साथै, अक्षय कुमार पनि ‘कनप्पा’ मा भगवान शिवको अवतारमा देखिनेछन् ।

यसैबिच, अब अर्को ठूलो खबर आएको छ । शाहरुख खान चाँडै ‘पुष्पा’ फेम निर्देशक सुकुमारको एक्सन फिल्म साइन गर्न लागिरहेका छन् । बलिउडका ‘किंग’ भनेर चिनिने शाहरुख खानले यस अघि मणिरत्नम र एट्लीसँग काम गरिसकेका छन् । यस्तो अवस्थामा दक्षिण भारतीय निर्देशकसँग उनको यो तेस्रो जोडी हुनेछ । उनको ‘पुष्पा’ फ्रेन्चाइजका सुकुमारसँग कुराकानी भइरहेको बताइएको छ । 

 ‘मिड डे’ को रिपोर्टका अनुसार यस फिल्ममा शाहरुख खान एन्टी हिरोको भूमिकामा देखिनेछन् । जुन एक गाउँको राजनीतिमा एक्सन ड्रामा फिल्म बन्ने भएको छ । यो गाउँको राजनीतिमा आधारित एक्सन ड्रामा फिल्म हुने रिपोर्टमा उल्लेख गरिएको छ । फिल्ममा शाहरुख खानलाई कच्चा, देहाती र देसी अवतारमा देखाइनेछ, जुन उनको ग्लोबल स्टारडम र चम्किलो छविभन्दा एकदमै फरक हुनेछ। चलचित्रले ग्रामीण क्षेत्रमा केही वर्ग माथि हुने जातीय उत्पीडन जस्ता सामाजिक समस्यालाई उजागर गर्नेछ । 

अब फ्यानहरुको उत्साह उत्कर्षमा पुग्नु अघि नै हामी तपाईलाई यो पनि बताउछौं कि यो परियोजनाको लागि लामो समय पर्खनु पर्ने हुन्छ किनभने शाहरुख खान र सुकुमार दुवै अहिले अन्य आफ्नै प्रोजेक्टमा व्यस्त रहेका छन् । सुकुमारसँग रामचरणसँगको ‘आरसी १७’, ‘पुष्पा ३ः द र्याम्पेज’ पाइप लाइनमा छन् भने उता शाहरुख पनि  ‘किंग’ र ‘पठान २’ मा काम गरिरहेका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।