image
image
देउवाले पुर्वराजालाइ राप्रपाको सभापति बन्न दिएको सुझावले आक्रोशित भए राजावादीहरू

देउवाले पुर्वराजालाइ राप्रपाको सभापति बन्न दिएको सुझावले आक्रोशित भए राजावादीहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् । हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा पुर्व राजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिए पछि राजावादीहरू आक्रोशित भएका हुन् ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति देउवाको उक्त भनाइ प्रति रोश प्रकट गरेका छन् । ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो, माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ, राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ,’ शाहीको आक्रोश छ, ‘त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग सपथ खाँदै बन्नुभएको हो ? जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ?  हिम्मत छ ?’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।