image
image
क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन

क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन

 

काठमाडौं ।अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप चिसिएको हो ।  ट्रम्पले करमा वृद्धि गरेको र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि क्यानेडियनहरु थप रुष्ट बनेका छन् । ट्रम्पकै विवादस्पथ अभिव्यक्तिलाई लिएर शनिबार टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा क्यानाडाका पक्षमा जुलुश निकालेका थिए ।

‘एल्बोज अप, क्यानडा !’ नाम दिइएको प्रदर्शनमा क्यानेडियालीहरूलाई राष्ट्रिय सार्वभौमिकता र मर्यादाको रक्षा गर्न एकजुट हुन र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकी कर लगाउने र क्यानडाको सार्वभौमिकतालाई खतरामा पार्ने ट्रम्पको टिप्पणीको विरोध गरिएको थियो ।

‘म एक गर्विलो क्यानेडियन हुँ र म विश्वास गर्छु कि हामीले हाम्रो देश, जीवनशैली, संसदीय प्रणाली, कानुनी प्रणाली, द्विभाषिकता, हाम्रा आदिवासी जनताको लागि बहुसांस्कृतिकताको लागि उभिनुपर्छ। र यो संयुक्त राज्य अमेरिकाबाट र त्यहाँको प्रशासनबाट खतरामा छ । विलयको खतराविरुद्ध उत्रिनुपर्छ,’ प्रदर्शनकारी डग बेनेटले भने ।

ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य भन्दै होच्याउने किसिमका अभिव्यक्ति दिंदै आइरहेका छन् ।  यसअघि ट्रम्पले क्यानडाली तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकामा गाभिन आग्रह पनि गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।