इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, काठमाडौँबाट सेनाको हेलिकप्टर जाँदै
इटहरी, सुनसरी। इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्टर प्लाजा शपिङ कम्प्लेक्सको पाँचौँ तलामा आज बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, आगलागीको तत्कालपछि भवनभित्र रहेका व्यक्तिहरुको उद्धार गरिएको छ, तर तीन जना अझै भित्रै रहेको जानकारी प्राप्त भएको छ।
आगो निभाउनका लागि १० वटा दमकल परिचालन गरिएको भए पनि आगो नियन्त्रणमा आउन नसकेको जनाइएको छ। यसैबीच, गृहमन्त्री रमेश लेखकको पहलमा उद्धारका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ।









