विपक्षीको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित
काठमाडौं। प्रतिनिधि सभा बैठक आज आधा घण्टाका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारबाट स्पष्टीकरण दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।
सभामुख देवराज घिमिरेले सदन सुरु गरेसँगै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गर्न थाले। पटकपटक आग्रह गर्दा पनि उनीहरू अवरोध जारी राखेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
विपक्षी दलका तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसदमा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए।









